काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव व्यक्त गर्नु भएको छ ।
नेता सिंहले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको र सोही बाटोबाट अघि बढ्न सके मात्रै देशमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराउनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिंहले नागरिकलाई सुख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।


















