दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा २५ जना घाइते

335

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१४ अमरापुरीमा सोमबार बिहान बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये दाङ घोराही उपमहानगरपालिका १५, बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका १ बस्ने एक वर्षीय बालक यनुष बिक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मि बस्नेतको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here