भारतीय रेलमा नेपाली झन्डा

321

जनकपुर / कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फ1हराउने विभागको तयारी छ । भारतकै ७ अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको सो ब्रोडगेज रेलमार्गमा भारतकै रेल चल्ने भएको हो ।

प्रतिघन्टा सय किलोमिटरका दरले कुद्ने गरी डिजाइन गरिएको सो रेलमार्गमा एक ट्रिपमा चार सयसम्म यात्रु क्षमताको रेल चलाउने तयारी छ । तर, तीव्र गतिकै रेल सेवा सञ्चालनमा ल्याउन लागिएको भए पनि ३५ किलोमिटर दूरी पार गर्ने डेढ घन्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान विभागको छ । ‘औसत ५ किलोमिटरको दूरीमा पर्ने गरी सो दूरीमा ७ वटा स्टेसन छन्,’ उनले भने, ‘ती स्टेसनमा यात्रु ओराल्न र चढाउन लाग्ने समयका कारण एउटा रेलले दोहोरो यात्रा पूरा गर्न झन्डै ३ घन्टासम्म लाग्न सक्छ ।’ यसअनुसार एउटा रेलले दैनिक ४ पटक दोहोरो यात्रा पूरा गर्न सक्छ ।

हाल नेपालले भारतसँग दुईवटा रेल ल्याउन छलफल अघि बढाएको छ । सेवा सञ्चालमा आएपछि यात्रुको चापअनुसार एक वा दुईवटा रेल चलाउने भन्ने टुंगोमा पुग्न सकिने रेलसेवा सञ्चालनमा आएको ६ महिनापछि कुर्थाबाट विस्तार गरी बिजुलपुरासम्मको ५२ किलोमिमिटर रेलसेवा सञ्चालनमा ल्याउने विभागको तयारी छ । सो रेलमार्गलाई बर्दिबाससम्म विस्तार गरी कुल ६९ किलोमिटर बनाइँदै छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here