सांसद नवराज सिलवाललाई कालो झण्डा देखाउने को हुन् ?

298

ललितपुर / निर्वाचनको बेलामा कार्यक्रम गर्दा कार्यकर्तालार्इ खाना, खाजा खुवाएको रकम ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नवराज  सिलवालले नतिरेपछि देखाइएको छ । स्थानीय बाबू न्यासुरले कालो झण्डा देखाएका हुन् ।

असोज २९ आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनलाई महाकाल गाउँपालिका वडा नं ३ गोटिखेलका बाबु न्यनसुरले चन्दनपुरको ससिपाभञ्ज्याङमा कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाए लगत्तै न्यासुरलाई सिलवालका कार्यकर्ताले नियन्त्रणमा लिएर एक दिन पछि छोडेको एक स्थानीयले बताए । निर्वाचन क्षेत्रमा आएको निर्वाचित संसदलाई किन कालो झण्डा देखाएको त भनी सोध्दा उनले भने, ‘हामीलाई प्रयोग गरेर निर्वाचनका समयमा खर्च गर्नु भो । उहाँ सांसद भएपछि निर्वाचनमा खाना खुवाएको खर्च तिर्न आनाकानी गर्नु भो, अनि स्थानीय पसलवालाहरुले मलाई गाली गर्न थाले, सांसद बन्ने सिलवाल, गाली पाउने हामी रु त्यसैले बिरोध स्वरुप कालो झण्डा देखाएको हुँ ।’

सांसद सिलवालले निर्वाचनका समयमा खर्च गरेको रकम अझैसम्म धेरै ठाउँमा तिर्न बाँकी रहेको दैनिकीन्युजलाई एक स्थानीयले बताए । नाम उल्लेख नगर्न आग्रह गर्ने महाकाल गाउँपालिकाका एक स्थानीय जनप्रतिनिधिले भने, ‘गोटिखेलका पसलहरुमा पनि धेरै तिर्न बाँकी छ भन्ने सुनेको छु, त्यहीँ कारण दशैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जाँदा सिलवालले कालो झण्डा पाए भन्ने थाहा पाएको हुँ ।’

नेकपा ललितपुरले पनि यस विषयमा पार्टीभित्र छलफल गर्न सांसद सिलवाललाई बोलाएका थिए तर उनी पार्टी कार्यालयमा उपस्थित नभएको नेकपाका एक नेताले जनाए । छलफलका लागि भनेर गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालसमेत पार्टी कार्यालयमा आएका थिए । ‘सांसद सिलवालले गर्दा मलाई समेत गाउँपालिकामा बस्न असजिलो भयो ।’, दाहालको भनाई उधृत गर्दै नेकपाका एक जिल्ला नेताले जनाए  ।

यस विषयमा प्रदेश निर्वाचन क्षेत्र नं १ ख का सांसद चेतनाथ सञ्जेलसंग सम्पर्क गरी बुझ्दा कतिपय ठाउँको हिसाव अझै आउन बाँकी रहेको र हिसावको जानकारी आएपछि तिर्ने जनाए  । चुनाव भएको एक वर्ष पछिसम्म पनि किन र कसरी हिसाव आउन नसकेका हो त्यो चाहि सांसद सञ्जेलले उल्लेख गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here