काठमाडौं / कुनै व्यक्ति वा संस्थाको नाममा जग्गाको स्वामित्व भई अर्को व्यक्ति वा संस्थाले भवन वा अन्य कुनै प्रकारका भौतिक संरचनाको निर्माण, विकास र सम्बर्धन गरी भोग गरेको सम्पत्तिको कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसरी लगाइने करको दायित्व निजहरुबीच भएको सम्झौतामा स्पष्ट उल्लेख गरिएको हकमा सोही बमोजिम र सम्झौतामा स्पष्ट प्रावधान उल्लेख नगरिएको हकमा सम्पत्तिको भोग गर्ने वा लिजमा लिने व्यक्ति वा संस्थाले कर दाखिला गर्नुपर्नेछ ।
लिज सम्झौता भङ्ग भएमा वा कार्यान्वयन नभई सम्झौताको यथार्थ परिपालना नगरिएको अवस्थामा सम्पत्ति कर तिर्ने दायित्व सम्बन्धित घर जग्गा धनीको हुनेछ । प्रचलित कानून र महानगरको स्वीकृत कानुनी व्यवस्था बमोजिम सम्पत्ति कर छुट हुने संस्था वा निकायको जग्गामा व्यवसायिक प्रयोजनका भवन निर्माण र लागि उपयोग गरेको भए उक्त भवन र सो ले चर्चेको जग्गामा सम्पत्तिको भोग गर्ने व्यक्ति वा संस्थाले अन्य सरह सम्पत्ति कर तिर्नु पर्नेछ ।
यसरी लगाइएको सम्पत्ति कर, चालु आर्थिक बर्षको असोज मसान्तभित्र दाखिला गरेमा, यसै आर्थिक बर्षमा लाग्ने करमा दश (१०) प्रतिशत छुट हुने महानगरपालिकाले जनाएको छ । तर घर जग्गा करको बक्यौता हुने करदातालाई छुट दिइएको छैन । यो खबर अनलाईन खबरबाट साभार गरिएको हो । अनलाईन खबर


















