गन्हाउने मोजा बेचेर करोडौं आम्दानी !

193

के तपाइ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो हुनुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफुले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् ।

बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्री गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्दछिन् ।

३३ वर्षकी रक्सी स्काइजका खुट्टा निकै सुन्दर छन् भनेर एकजना साथीले प्रसंसा गरेपछि उनलाई आफ्ना खुट्टाबाटै चर्चित भएर मालामाल बन्ने सोँच आयो ।

त्यसपछि उनले आफ्ना इन्स्टाग्राम अकाउन्ट खोलिन् । अनि आफ्ना सुन्दर खुट्टाका तस्वीरहरू अपलोड गर्न थालिन् । उनी विस्तारै इन्स्टाग्राममा लोकप्रिय बन्दै गइन् र खुट्टाको तारिफ गर्नेहरूको संख्या बढ्दै गयो । साथै धेरै फ्यानले उनलाई आफुले लगाएका जुत्ता तथा मोजा दिनका लागि आग्रह गर्न थाले । कतिपयले त उनका जुत्ता मोजा पाएमा जति पनि मूल्य तिर्न तयार रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here