काठमाडौ, प्रधानमन्त्री ओली अझै केही दिन सार्वजनिका कार्यक्रममा नहिड्ने उनको सचिवालयले जनाएको छ । दशै लगत्तै बिरामी परेका ओली स्वाथ्यमा जटिल समस्या आएपछि कात्तिक १२ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । छातीको संक्रमण र सुगरको मात्रामा असन्तुलन आएपछि उनको चारदिनसम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकहरुले अझै एक सातासम्म सार्वजनिक र भिडभाड भएको ठाउँमा नजान उनलाई सुझाव दिएका कारण उनी तत्काल सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका हुन् । भिडभाडमा जाँदा संक्रमण हुनसक्ने र स्वास्थ्यमा पुन समस्या आउन सक्ने भएकाले चिकित्सकहरुले यस्तो सुझाव दिएका हुन् । अहिले उनको स्वास्थ्य भने पूर्ण रुपमा निको भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

















