काठमाडौं / लामो समयदेखि अन्योलमा परेको नेकपा पार्टी एकता प्रकृयाले फेरी गति लिने भएको छ । मंसिर ६ गते नेकपा सचिवालयको बैठक बसेर स्थाइ समिति बैठकका लागि एजेण्डा तयार गर्ने नेकपाको तयारी छ ।
सचिवालय बैठकले प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी बारे गृहकार्य गरि स्थाई समितिमा लैजाने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।
बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने लगायतका काम पनि अघि बढाउने तयारी गरेको छ । यस अघि सचिवालयको बैठकले प्रदेशको ईन्चार्ज, सहईन्चार्ज, र अध्यक्षको टुंगो लगाएको थियो ।
सचिवालयले तयार पारेको प्रस्तावलाई स्थाई समितिले अन्तिम रुप दिने र केन्द्रिय कमिटिले अनुमोदन गरेपछि एकताको प्रकृया लगभग टुंगोमा पुग्ने अध्यक्ष प्रचण्डले समेत शुक्रबार जनाएका थिए ।


















