गृहमन्त्री बादल निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिनुभएको छ : गगन थापा

204

कञ्चनपुर / नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जिम्मेवारमा रहेसम्म कञ्चनपुरका १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण निश्कर्षमा नपुग्ने दाबी गरेका छन् ।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै  नेता थापाले  यस्तो दाबी गरेका हुन् ।

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिँए । नेता थापाले भन्नुभयो–‘एक-डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

‘गृहमन्त्री बादलले जिम्मेवारीबाट हटेर राजनीतिक पुर्वागृह नराखेर आम रुपमा जनतालाई फेरी पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माणका निम्ती माग गर्दछु ।’ थापाले भने–‘उहाँ (बादल) का निम्ती निजी दुखद घटना होला तर आम रुपमा जनताको विश्वास जोडिने अवस्था आउँछ ।’

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन । भने–‘पानी नपरुन्जेलसम्म समाजका फोहोरहरु सफा हुदैनन् ।’ गृहमन्त्री मात्रै नभएर आज आम जनता हारेको बताउँदै उहाँले सिंगो देश अपराधसित लड्ने खोजिरहेका बेला अपराधीले उन्मुक्ती पाइरहेको भनाई राखे ।

कार्यकर्तासितको भेटघाटपछि सोझै निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडीको धर्नास्थल पुगेका नेता थापाले निर्मलाको न्यायका निम्ती सरकार र प्रतिपक्षदलको नेतृत्वसित भेटेरै कुराकानी गर्ने थापाले आश्वासन दिए ।

उनले भने – ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस ।’ ‘तपाईहरुको सन्देश प्रधानमन्त्री र कांग्रेस सभापति सम्म पुर्‍याउँछु्’ । धर्नामा ऐक्वद्धता जनाउँदै उनले न्याय नपाएसम्म लडाँइ जारी रहने र आफूहरुले साथ दिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here