स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य तालिम

105

तुलसीपुर /  तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य व्यवस्था सम्वन्धि तालिमको समापन गरिएको छ ।

उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वोल्दै डाँगीले जनतालाई विश्वासिलो तवरले काम गर्नका लागि स्वास्थ्यकर्मीलाई आग्रह गरेका थिए । उनले उपमहानगरपालिकाले साधन स्रोतको व्यवस्थापनमा कुनै पनि कमी नगर्ने वताउँदै विरामीको मनोविज्ञान बदल्ने गरी काम गर्न आग्रह गरेका थिए । ‘तपाई कहाँ आएपछि विरामीलो आफुलाई निको हुन्छ भन्ने आत्मविश्वास राखेको हुनुपर्दछ’ डाँगीले भने ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेको नगर स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई २ दिनसम्म परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्वन्धि तालिम दिईएको थियो ।

तालिमको प्रशिक्षकमा जनस्वास्थ्य अधिकृत लेखनाथ न्यौपाने,स्वास्थ्य सह संयोजक विष्णु पोख्रेल र विष्णु गिरी, नर्सिङ्ग अधिकृत अमृता पहाडी, हेल्थ असिस्टेन्ट विमल केसी लगायतका रहेका थिए । स्वास्थ्य संयोजक डा। गोकर्ण दाहालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजिकरण विष्णु गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here