काठमाडौं । यही मंसिर १५ गतेका दिन महान सोभियत समाजवादी अक्टोबर (नोभेम्बर) क्रान्तिको सत वार्षिकी समापनको उपलक्षमा विशेष वृहत्त कार्यक्रम हुँदैछ । सो अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने कार्यक्रममा निम्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिने आयोजक समितिले जनाएको छ ।
नेपालको कम्यूनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सो कार्यक्रममा सम्मान गरिने जनाइएको छ । हाल सम्म सम्मानित हुनु हुने व्यक्तिहरुको नाम संकलन गर्ने अभियान जारी रहेको छ ।


















