अनावश्यक विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन

151

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन हुन पनि निर्देशन दिए ।
आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समिक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताए । “यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यन्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो” प्रधानमन्त्री ओलीले भने, “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यन्वयनको राम्रै सुरुवात भएको छ । तर यसलाई तिव्रता दिनु पर्दछ ।”
वर्तमान सरकार गहन जिम्मेवारी सहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए । “सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here