बरिष्ठ पत्रकार कार्कीको ‘राजा, नव बास्सा’ र ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैयाँ र म’ लोकार्पण

156

काठमाडौं । बरिष्ठ पत्रकार राजन कार्कीद्वारा लिखित ‘राजा, नव बास्सा’ र शेखर ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैयाँ र म’ यही मंसिर ७ गते प्रकाशित भएका छन् । यी दुई पुस्तकको लोकार्पण नेपाल एकेडेमीको लाइबे्रररी हलमा भएको थियो । पुस्तकको लोकार्पणमा राष्ट्रिय मानवाधिकार आयोग कि प्रवक्ता मोहना अन्सारी, योगविज्ञापनका धुरन्धर ब्रम्हश्री मित्र, इतिहासविद डा.सुरेन्द्र केसी, सीमाविद बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ पत्रकार तीर्थ कोइराला, नइ प्रकाशनका सदस्य सचिव तथा साहित्यकार नरेन्द्र प्रसाई र पुस्तक प्रकाशक हीरण्य ताम्राकार उपस्थित भएका थिए ।

‘राजा, नव बास्सा’का लेखक राजन कार्की कार्यक्रममा उपस्थित थिए भने ‘भैरव दाइको सय रुपैयाँ र म’का लेखक शेखर ढुंगेल विदेशमा भएका कारण कार्यक्रममा सहभागी थिएनन् । कार्यक्रममा कार्कीले मुक्तकको शैलीमा आफ्नो अभिव्यक्ति सुरु गरेका थिए । उनको अभिव्यक्ति यस्तो छ ः–
‘दाइ आए, बहिनी आइन्, दशैं यही तिहार यही
दुःख सुख बाँड्ने थलो मन्दिर, मस्जिद विहार यही
यसैगरी बा“च्न पाइयोस्, नेपाली हुँ भन्न पाइयोस्
हामी बाँच्ने आफ्नै थलो मेचीकाली बहार यही ।’

उनले पुस्तकको बारेमा भने– ‘हामी सबैको मन कुडिएको छ, घरमा खुशी छैन । समाजमा उच्छृंखलता छ, सहरमा बितृष्णा व्याप्त छ । शासन छ, सुशासन छैन । अदालत छ न्याय छैन । मान्छेको भीडमा मान्छे र मानवता खोज्नुपर्ने स्थिति छ । लाग्छ देश दनदनी कुरिति, कूकर्म, अनैतिकताको आगोमा झुल्सिरहेको छ । बन्दुकले सकेन, अव कलमले समाजलाई हेर्नुपर्छ, पहरेदारी गर्नुपर्छ । साहित्यमा लागेकाले समाज नदेखे कसले देख्ने, समाज नलेखे लेख्ने ? साहित्य समाजको देशको ऐना हो ।’
कार्कीले हाम्रो घर, समाज, देश सुरक्षित नभएको कुरा अभिव्यक्त गरेका थिए । कञ्चनपुरमा गौतम गोविन्दलाई विदेशीले मार्दा पनि सरकार नबोलेको भन्दै उनले यी यस्तै सामाजिक यथार्थतालाई र राष्ट्रियतालाई समाबेस गरेर यो किताब लेखिएको जनाएका छन् । त्यस्तै किताबको विषयमा उनले आफ्नै शब्दमा यस्तो भनेका छन् ः–

सप्तरीको तिलाठीमा देवनारायणलाई पाता फर्काएर लगियो, जेल कोचियो, सरकार बोलेन । ६० हजार हेक्टर भूमि भारतले खाइसक्यो, अव १० हजार १९ बर्ग किलोमिटर लिम्पियाधुरा, लिपुलेकको जमिन नक्साबाटै हरायो, सरकार जिब्रो तालुमा टाँसेर बसेको छ । अरुले नबोले अव साहित्यफाँट उठ्नुपर्छ, कलम युद्ध छेड्नुपर्छ ।
जनबललाई भत्ता बनाएर खानेहरुलाई कति मायाँ गर्नु
जनमनलाई सत्ता बनाएर लानेहरुलाई कति दया गर्नु
सुल्टो कुरा गरेर उल्टो काम गर्नेहरुको लर्को नै लाग्यो
टोपीलाई जुत्ता बनाएर जानेहरुलाई कति घृणा गर्नु रु
हामी आफ्नो रक्षा गर्न सक्षम छौं, अरुको विरोध होइन यो, नेपाली आवाज हो, बुझ्नेले बुझुन्–
यो माटो विक्रीमा छैन ।
यो पुस्तक यही हो ।
शान्ति र समानता खोजेको हो बाढी कसैको भित्र हुन्न
बारुद खेलाउनेहरुले बुझ्नुपर्छ आगो कसैको मित्र हुन्न
मर्न त कसलाई मनलाग्छ र खरानी खोजेको कि जीवन
सुनामी रोक्नेले रोकुन, अन्यथा हावाको कुनै चित्र हुन्न ।
स्वर्ग आयो आयो भनियो, के आयो आयो कस्तो आयो
अन्धाले हात्ती छामेजस्तो नाङ्गलो कि रुख जस्तो आयो
अजङ्गको आकार छ रात विहान हामीलाई तर्साइरहन्छ
बागमतीमा बग्ने महारोगको किटाणुभन्दा सस्तो आयो ।
यो पुस्तक यही हो । खबरदारी हो । देशमा फोहर छ, बढार्ने हामीले नै हो । अगुवा बनाएकाहरु बाटोमै फोहर गर्न थाले, तिनलाई सुधार्ने हामीले नै हो । अव पुस्तक सार्वजनिकरण भइसकेको छ । पुस्तक तपाईहरुको हातमा छ । विश्लेषण गर्ने जिम्मा तपाईहरुको ।
घर बहालमा बस्नेहरु मूल्याह परेछन् घरपतिलाई चुस्न थाले
छिमेकी नम्बरी हुल्याह परेछ, तर्साउँदै घरभित्रै पो घुस्न थाले
छाती ओछ्यादिएपछि किन हच्कन्थ्यो कचक्क कुल्चने नै भयो
साँध सतित्व पहिचान अस्तित्व ब्वाँसोले झैं हौसेर लुछ्न थाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here