आर्मी क्लब र ए.पि.एफ फाईनलमा

270

काठमाडौं । ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’अन्तरगत जङ्गी अड्डास्थित खेल मैदानमा आज त्रिभुवन आर्मी क्लब र प्रदेश नं. २ तथा नेपाल पुलिस क्लब र ए.पि.एफ. बीचको खेल सम्पन्न भएको छ । सेमि(फाईनल अन्तरगत आज नेपाल पुलिस क्लब र ए.पि.एफ. बीच खेल भएको थियो । खेलमा ए.पि.एफ.ले नेपाल पुलिस क्लबको विरुद्ध ३ गोल हानि विजयी भएको छ ।

त्रिभुवन आर्मी क्लब र प्रदेश नं. २ बीच भएको दोस्रो खेलमा प्रदेश नं.२ ४ गोलले पराजित भएको छ । त्यस्तै आज भएको खेलहरुमा ए.पि.एफ. की अनिता बस्नेत र त्रिभुवन आर्मी क्लबकी दीपा राई ‘प्लेयर अफ दि म्याच’ घोषित भएका छन् ।
यो सँगै सेमि(फाईनलका खेलहरु आजबाट सकिएका छन् । अब हुने फाईनल खेल मंसिर १२ गते त्रिभुवन आर्मी क्लब र ए.पि.एफ.का बीच हुने छ । खेल जङ्गी अड्डास्थित खेल मैदानमा दिउँसो १ बजे हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here