बालक हत्या गरी जेब्रा झोलामा हालेर फ्याक्ने पक्राउ

260

काठमाडौं /  मित्रनगरस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका संचालक प्रविण कुँवरको ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने स्याङजाका २२ वर्षीय महेन्द्र एसकेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रविणले गत मंगलबार काम बिशेषले न्युरोडतर्फ जाँदा छोरा प्रयासलाई सोही गेष्ट हाउसका स्टाफहरुसँग छोडी गएकोमा फर्केर आउँदा छोरा प्रयास फेला नपरेकोले गेष्ट हाउसका गाडी चालक निज महेन्द्रलाई अनुसन्धानको सिलसिलामा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बालकको हत्या गरी म्हेपी पुल नजिक खोलाको फोहोर फाल्ने ठाउँमा जेब्रा झोलामा हाली फालेको छु भनि जनाएकोले उक्त स्थानमा गई हेर्दा बिहीबार दिउसो बालकको शव फेला परेको हो ।

Image result for बालक हत्या गरी जेब्रा झोलामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here