दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

190

ललितपुर / सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो ।

कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उहाँले भन्नुभयो, ‘एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here