नेपाल मेडीसिटीमा थाइरोइड व्यवस्थापन विषयक २ दिने कार्यशाला (फोटो फिचर)

233

ललितपुर / शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने कार्यशाला उद्घाटन भएको छ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि उपचार पाउनसके थाइरोइड व्यवस्थापन सहज बन्न सक्ने धारणा राख्नुभयो ।

गिरीले थाइरोइड विशेषज्ञहरुबाट प्रभावित भएको जनाउँदै हरेक चिकित्सकले सहि परामर्श दिदै बिरामीलाई भयबाट टाढा राख्नुपर्ने जनाउनुभयो ।

देशभर तथा भारतबाट समेत गरि ४० सहभागी रहेको कार्यक्रम नेपाल मेडीसिटीको आयोजनामा भएको हो भने, पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल ‘डिन’ को समेत सहयोग रहेको छ ।

 

नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ शत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा रहेको जनाउनुभयो । ४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्का केन्द्रित रहेको छ ।

त्यस्तै शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल हुनेछ । कार्यक्रमको समापन अघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीस्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन गरिनेछ ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हासील गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिँदै कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

शनिबार सम्पन्न हुने कार्यक्रमले विभिन्न स्थानमा छरीएर रहेका चिकित्सकहरु मार्फत थाइरोइडको उपचार अझ उन्नत हुने अपेक्षा आयोजकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here