पर्यटकलाई सास्ती, होटेलैपिच्छे खानाको चर्को मूल्य

332

पोखरा / पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तर भागमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

देशका विभिन्न भागबाट आउने पर्यटकका साथै नेपाल आउने लगभग ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन्।
तर घान्द्रुक–घोडेपानी–पुनहिल पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले पदयात्रामा जाने पर्यटकसँग होटेलैपिच्छे खानाको मूल्य फरक र चर्को छ ।

सम्बन्धित निकायले यहाँका होटेल तथा रेस्टुरेन्टमा नियमित अनुगमन नगर्दा खाना मात्रै होइन, होटेलहरूले एक घन्टा मोबाइल चार्ज गरेबापत ५० देखि एक सय रुपैयाँसमेत लिने गरेका छन् ।

पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले भने मोटरबाटो नभएको र घान्द्रुकदेखि हरेक सामान बोकेर ल्याउन महँगो पर्न गएको जनाएका छन् ।  वातावरणमा प्रभाव पर्ने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)ले घान्द्रुक देखिमाथि मिनरल वाटरको बोतल लैजान रोक लगाएको छ । तर, यही मौका छोपेर यहाँका होटेल तथा रेस्टुरेन्टले स्थानीय धाराको पानी फिल्टर गरी बोतलमा भरेर एक सय रुपैयाँमा बेच्ने गरेका छन् ।

‘विश्वकै जो कोही लाई लोभ्याउने सुन्दरता रहेको पदयात्रा र दृश्यावलोकनका लागि प्रचुर सम्भावना बोकेको घान्द्रुक जस्ता ठाउँमा पर्यटकीय सम्भावना रहेकोमा त्यहाँका स्थानीय व्यवसायीले लिइरहेको अत्यधिक मूल्यबारे अनुगमन गरी मूल्यमा एकरूपता ल्याउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here