काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई आफूले जवाफ दिए थला पर्ने जनाउँदै एशिया प्यासिफिक सम्मेलन आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै बुद्धिजीवीहरुलाई जानेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर प्रश्न गरेका छन् ।
ओलीले बुद्धिजीवीहरुले असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने हो भन्दै । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग कार्यक्रममा बुद्धिजीवीहरुलाई चेतावनी दिएका हुन् ।
‘बुद्धिजीवी’प्रति प्रधानमन्त्री केपी ओलीले गरेको टिक्काटिप्पणीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ। कतिपयले त्यसलाई बुद्धिजीवीहरूलाई प्रधानमन्त्रीको धम्कीको रूपमा लिएको पाइन्छ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै धेरैले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
प्राध्यापक कृष्ण खनालले प्रधानमन्त्रीको अभिव्यक्ति अरूलाई दास ठान्ने मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेका छन । उनले भने, ‘स्वस्थ बहसका लागि त प्रधानमन्त्री हुँदैमा बुद्धिजीवी किन पछि पर्छन् र? उहाँसँग मज्जासँग खुलेआम बहस गर्न सक्छन्।’
विवेकशील साझा पार्टीका प्रवक्ता एवम् पूर्वाधारविज्ञ सूर्यराज आचार्यले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको बहसको निम्तो स्वीकार गरेका छन्। उनले भनेका छन, ‘सामाजिक सञ्जालमा सरकार र प्रमज्यूको कार्यशैलीबारे ’सभ्य’ टिप्पणी र आलोचना गर्ने नागरिक पनि थुप्रै छन्। संवादका लागि उनीहरूलाई पनि आमन्त्रण गर्दा प्रमको हितमै होला।’
प्रधानमन्त्रीले दिएको चुनौती स्वीकार गर्दै बुद्धिजीवीहरूले खुला बहसको निम्ति तयार भएको जनाए । तर अब प्रधानमन्त्रीले के गर्लान् भन्ने स्पष्ट छैन । यो बहसले निरन्तर चलिरहला ?
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भनाइ ’अशोभनीय’ मानेका छन्।


















