नागरिक-प्रहरी साझेदारि कार्यक्रम

213

शरद रेग्मी
तुलसीपुर / सामुदायिक सुरक्षालाई संस्थागत गरि समाजमा हुने अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न तुलसीपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ ।

सो अबसरमा बोल्ने वक्ताहरुले समाजमा हुने साना साना अपराध लाई स्थानीय स्तरबाट रोक्नुपर्नेका जोडदिएका थिय । उनिहरुले समाजलाई सुरक्षित गर्न समाजिक अभियानको सुरुवात गरेको जनाएका हुन ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले समाजमा हुने हरेक नकारात्मक गतिविधि रोक्न आफुहरुले कुनै कदम बाकि नराख्ने जनाउनुभयो । उहाँले तुलसिपुर क्षेत्रलाई सुरक्षित गर्न बनेको सुरक्षा योजनालाई अन्तिमरुप दिन स्थानीय प्रहरी सङग परामर्श थालेको समेत जनाउनुभयो ।

साथै मेयर पाण्डेले तुलसिपुर क्षेत्रमा दर्जनौं सिसि क्यामरा जडान गर्न समेत स्थानीय बैंक,तुलसिपुर उद्योग वाणिज्य सङघ,सुनचादि ब्यबसायि र अन्य सरोकमरवाला सङग छलफल भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रेमबहादुर शाहिले समाजमा हुने अपराध न्युनिकरणका साथै विभिन्न खालका सुरक्षा योजजाहरु साझेदारी कार्यक्रममा समेटिएको जनाउनुभयो ।उहाले यस कार्यक्रमले प्रहरी र नागरिक बिच अझ सहकार्य र सहयोगी भुमिका खेल्ने अपेक्षा गरिएको समेत प्रस्ट पार्नुभयो ।

तुलसीपुर उपमहागनरपालिकामा भएको सरोकारवाला निकायको बैठकले तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा २० सदस्य प्रहरी साझेदारी समिति गठन भएको हो ।

नब गठित समितिको सहसंयोजकमा उपप्रमुख माया आचार्य, सहसंयोजकमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, रहुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा तुलसीपुर उपमहागनरपालिका– ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, सदस्य सचिव प्रहरी निरीक्षक भिमबहादुर कार्की, इलाका प्रशासन कार्यालयका श्रीधर टण्डन, गैरसरकारी संस्थाको तर्फबाट भागीराम चौधरी, रिर्पोटर्स क्लव बाट शरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्रबाट नारायणी रजौरे, पत्रकारहरुको तर्फबाट ओपेन्द्र बस्नेत, तुलसीपुर उद्योगबाणिज्य संघको तर्फबाट विरु रावत, नागरिक समाजबाट टिकाराम रेग्मी, बिमल रिजाल, महिला अधिकारर्मीबाट सुष्मा गिरी, बाल क्लबाट इशा वली, तुलसीपुर चेम्बरबाट टोपबहादुर घर्ती, सहकारी महिलाबाट रमा आचार्य, प्यब्सानबाट गिरीराज डाँगी, सृष्ट महिलाबाट सीता वली, पूर्व प्रहरी संगठबाट वसन्त कुमार खड्की रहनु भएको छ । बैठक नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here