सरभाइभर्स नेपालको साधारण सभा सम्पन्न

246

बैशाख १२, २०७२ को बिनासकारी भुकम्पपश्चात राहत वितरण र पुननिर्माणको उदेश्य सहित स्थापना भएको सरभाइभर्स नेपालको तेश्रो बार्षिक साधारण सभामंसिर २२ गते ९ सदस्सीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्नभएको छ ।

साधारण सभाले सभापति सुशिल कोईरालाद्वारा प्रस्तुत संस्थाको बार्षिक गतिबिधि सम्बन्धि प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनलाई समेत पारित गरेको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा पूनः सुशिल कोईरालाको चयन भएको छ भने उपाध्यक्षमा निराकार श्रेष्ठ, सचिवमा सञ्जिव पाण्डे र कोषाध्यक्षमा जयराम पुडासैनी चयन हुनुभएको छ । सदस्यहरुमा राजेन्द्र डंगोल, सदिशश्रेष्ठ, बबिता सेढाईं, केशब देउवा र सपना शाह चुनिनु भएको छ ।

साधारण सभाको औपचारिक कार्यक्रम पश्चात फरक क्षमता भएका ब्यक्तिहरुको सपनाको रुपमा रहेको उनीहरुकै शिप र कौशलमा तैयार पारिएको कला कृतिहरुको प्रदर्शनी आयोजना गरिएको थियो ।

‘सानो सपना’ नाम दिईएको कलाप्रदर्शनीमा एस ओ एस बालग्राम तथा बोधि सत्भासका फरक क्षमता भएका बालबालिकाहरुले तैयार पारेका कलाकृतिहरु बिक्रीका लागि राखिएका थिए भने उक्त प्रदर्शनीको उद्घाटन लिडरशिप एकेडेमीका अध्यक्ष सन्तोष शाहले गर्नुभएको थियो ।

सरभाइभर्स नेपालले ती कलाकृतिहरुको बिक्रिीमा सहयोग पुर्याएको थियो भने सरभाइभर्स नेपालले तैयार पारेको टिसर्ट तथाज्याकेट बिक्रिबाट प्राप्त रकम समेत एस ओ एस र बि आई ए का बालबालिकाहरुका लागि समर्पण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here