विगतप्रति पश्चाताप गर्दै प्रचण्ड

232

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आन्दोलनका बेला देखाएजस्तो दक्षता, इमान्दारीता र पारदर्शीता शासन गर्ने बेला प्रदर्शन गर्न चुकेको जनाएका छन् ।

मंगलबार एक सञ्चारगृहले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आन्दोनबाट जनमत निर्माण गर्ने प्रक्रियामा आफूहरु केही सफल भएपनि त्यो सफलतालाई राज्य सञ्चालनमा रुपान्तरण गर्ने, परिवर्तन गर्ने र जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने परिणाम देखाउन असफल भएको जनाएका छन् ।

‘हामीले त्यत्ति राम्रो गर्न सकेका छैनौं । कहीँ न कहीँ त्यहाँ ठूलो प्रश्नवाचक चिन्ह अहिले पनि छ,’ उनले भने, ‘जब परिवर्तनका पक्षधरहरुले राम्रो व्यवस्थापन गर्न सक्दैनन्, चाहे त्यो राज्य सञ्चालनको व्यवस्थापन होस वा कुनै प्रोजेक्ट सञ्चालनको व्यवस्थापन होस् । वा आर्थिक इकाइका कुनै पनि क्रियाकलाप सञ्चालन गर्ने काममा उनीहरुले व्यवस्थापकिय क्षमता प्रदर्शन गर्न सकेनन भने त्यो परिवर्तन दीगो हुँदैन् ।’

दाहालले विगतमा भएका विभिन्न परिवर्तनकारी आन्दोलन तथा विद्रोहहरुको सफलतापछि सही व्यवस्थापन गर्न नसक्दा राज्य सञ्चालनको जिम्मेवारी पाउँदा समेत दक्षता प्रदर्शन गर्न नसकेको जनाए । प्रचण्डले केही समय यता प्राप्त गरेका राजनीतिक सफलता कसैले दया गरेर वा माया गरेर दिएको नभई लडेर ल्याएको जनाए । उनले संविधानसभालाई असफल बनाउने खेल, संविधानसभाबाट गणतन्त्र घोषणा गर्न नदिने खेललाई परास्त गरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here