ओली दाहाल प्रतिवेदनः आफ्नो असफलता ढाक्न कांग्रेसद्वारा भ्रामक प्रचार

93

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा नेपाली कांग्रेसले आफ्ना असफलता ढाक्न सरकारविरुद्ध भ्रामक प्रचारमा उत्रेको आरोप लगाइएको छ । प्रतिवेदनमा निर्वाचनबाट कमजोर बनेको नेपाली कांग्रेसमा अन्योल व्याप्त भएको उल्लेख गरिएको छ। कांग्रेसमा वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसंग चले पनि सही दिशा ग्रहण गर्ने सम्भावना नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विगतमा कांग्रेसको गलत नीति र भूमिकाका कारण मुलुक पछि परेको दाबी छ ।
त्यस्तै प्रतिवेदनमा राष्ट्रिय जनता पार्टी द्विविधाग्रस्त र संघीय समाजवादी फोरमलाई तुलनात्मक रुपमा उदार र सकारात्मक सोच राख्ने शक्तिका रुपमा व्याख्या गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here