काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् ।
केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मीक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’
विदेशीहरुले नेपालका धार्मीक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे,‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, यसरी ओली पादरीहरुको दलाल बन्नेमा पु्ग्नु भएको छ, पूर्व एमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ, धार्मीक द्धन्द्धको बीउ रोपेर देशलाई खतरा निम्त्याउने काम कुनै व्यक्ति वा राज्यका निकायबाट भयो भने हामीलाई स्वीकार्य हुँदैन ।’

















