दुई अध्यक्षबीचको एकता कसैले तोड्न सक्दैन : प्रधानमन्त्री ओली

146

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको जनाउँदै दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने धारणा व्यक्त गरे । ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गर्दै छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्केर प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने ठट्टा गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा पार्टीका कानुन व्यवसायीहरुलाई सकेको योगदान गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here