पाल्पा / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको जनाउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।
पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने जनाउनुभयो ।
प्रचण्डले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको जनाउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको जनाउनुभयो ।
देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उहाँको भनाइ थियो ।


















