आर्यन आफ्नो लुक्स लुकाउँदै

201

कुनैबेला अभिनेता आर्यन सिग्देलका हरेक फिल्म हिट हुने गरेकोमा अहिले उनी अभिनित पछिल्लो कुन फिल्म हिट भएको थियो भनेर झट्ट सम्झन मुश्किल छ । यस वर्ष उनी आफैंले निर्माण गरेको फिल्म ‘कायरा’ प्रदर्शनमा आएको थियो ।

अभिनेत्री साम्राज्ञी आरएल शाहलाई १० लाख दिएर अनुबन्ध गरेका आर्यनको फिल्म कायराले राम्रो व्यपार भने गर्न सकेन ।  हालै उनले बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ साइन गरे । यसमा उनले १२ लाख माथि पारिश्रमिक बुझेका छन् ।

यसमा उनले एक पिताको भूमिका निर्वाहा गर्दैछन् । डेब्यु ब्वाई अक्की प्रधानले उनको छोराको भूमिका निभाउँदैछन् । विकासराज आचार्यले निर्देशन गर्ने फिल्मका लागि पिताको भूमिकामा फिट देखिन आर्यनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् ।

उनले दाह्री, जुँगा र कपाल निकै लामो बनाएका छन् । फिल्मका लागि बनाएको लुक्स उनले आफ्नो फेसबुकबाट नै ‘रिभिल’ गरेका थिए । अहिले उनले दाह्री र कपालमा हल्का सेतो रंग लगाएका छन् । रोचक कुरा के छ भने अहिले उनी आफैंले फेसबुकमा सार्वजनिक गरिसकेको लुक्स लुकाउँदै हिँडिरहेका आर्यन आफ्नो गेटअप फिल्ममा हेर्दा नै मज्जा आउँछ भन्दै तर्किए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here