पूर्व गभर्नर रावल षड्यन्त्रकाे फन्दामा

216

काठमाडौं / पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा रु. १० को पाँच करोड थान नोट छपाई गरिँदा अनिमितता भएको दावी गर्दै अख्तियारले तीनै जनाविरुद्व जनही ९१ लाख नौ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरिएको प्रवक्ता दंगालले जनाए  ।

अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here