काठमाडाैं । स्वर समीप म्यूजिक एकेडेमीकाे आयोजनामा नेपालभाषाकाे राष्ट्रिय भावना जागृत भएकाे नेपाः माया म्ह्याय् मचा प्रिमियर साे भएकाे छ ।
कीर्तिपुर सिनेप्लेकश भएमाे सार्वजनिक भएकाे कार्यक्रमका प्रमुख अतिथि संस्कृतिबिद् प्रयागमान प्रधानले यस म्यूजिक भिडियाे मार्फत राष्ट्रिय भक्तिका साथै नेवाः पहिचान समावेश गरिएकाे धारणा राखे ।
गीत रचनाकार लोककवि राजभाई जकःमिले विज्ञानको आँखा खोलेर नयाँ युगमा अघि बढिरहेका म मोहन शोभाले आवाज बुलन्दका गीत गाएको छ । उनले गीत खाली गीत मात्र होइन गीत समाज चलाएको हुन्छ र देशै चलाएको हुन्छ । तसर्थ यस गीत मार्फत नयाँ युगको आवाज उठाएको धारणा राखे ।
अहिले बिदेश पलायन भइरहेकाे बढ्दाेक्रमलाइ चिर्दै विदेशमा सिकेकाे शिक्षा, कामबाट स्वदेशकाे विकास गर्नुपर्ने सन्देश दिइएकाे यस म्यूजिक भिडियाेमा गुजेमालाकारले संगीतकार तथा संगीत संयोजक जुगोल डंगोल रहेकाे छ । साथै प्रमुख कलाकारका रुपमा गायिकाद्धय डा. मोहन शोभा महर्जन, मोहन माया महर्जन, चौथी महर्जन, प्रमिला, दुर्गा महर्जन, रफेला महर्जन, प्रसिद्धि, पलिस्था महर्जन, जोया महर्जन, राइसा महर्जन सुजिता बोहरा अभिनय रहेकाे छ ।
नेपालभाषाका पेज थ्रीका सम्पादकले यस म्यूजिक भिडियाे अन्य पृथक रहेकाे जनाउँदै हाम्राे परिवेश समावेश गरिएकाे जनाउँदै यस म्यूजिक भिडियाेकाे संगीत संयाेजनमा कर्ण प्रिय रहेकाे जनाए । मायाप्रेमकाे गीत भन्दा पृथकरहेकाे तडकभदक समावेश नभएकाे देशभक्ति भावना रहेकाे उनले समीक्षा गरेकाे थियाे ।
यस म्यूजिक भिडियोको निर्देशक लक्ष्मीकुमार महर्जन, वाइजीजी स्टुडियो ।
्

















