देशभक्त युवाहरू झण्डा गाडेर फर्किए

325

काठमाडौं/ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा ५० बिघाभन्दा बढी नेपाली भूमि भारतले मिचेर जंगे पिलर खडा गरेको घटनामा नेपालतर्फबाट व्यापक विरोध भइरहादा पनि नेपाल सरकार मातहतको नापी विभागले भारतबाट नेपाली भूमि अतिक्रमण गर्ने काम नभएको भनी पत्रकार सम्मेलन नै गरेर प्रतिक्रिया जनाएपछि देशव्यापी रूपमा नापी विभाग र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको विरोध चर्किदै गएको छ । सीमा अतिक्रमण गरेको ठाउामा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ एकातिर भने अर्कातिर अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै सर्वाेच्च अदालतमा रिटसमेत दर्ता भएको छ ।
भारतले सीमा मिचेको प्रमाणका रूपमा अतिक्रमित भूमिका जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर वाईसीएलले झण्डा गाडेर फर्केको छ । वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को अगुवाईमा वाईसीएल टोली सो क्षेत्रमा पुगेको थियो ।

 
यसैबीच एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले भारतले ५० बिगाहाभन्दा बढी जमिन मिचेको दावी गरेका छन् । दुई दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले हिजो सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वीरगञ्जको छपकैयामा भारतले ५० बिगाहाभन्दा बढी जमिन मिचेको उल्लेख गरिएको छ ।
सीमा विवादको समाचार सार्वजनिक भएपछि स्थलगत अध्ययनका लागि अनेस्ववियूका अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज पुगेको थियो । भारतले वीरगञ्जको छपकैयामा जमिन मिचेको पुष्टि भएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष तामाङले दावी गरेका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here