आर्मीको सपना चकनाचुर

172

ललितपुर/ प्रतिद्वन्द्वि टिम नेपाल आर्मीको शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड करिब समाप्त भएको छ ।
आज आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा एपीएफ क्लबसँग २–१ गोलले पराजित हुदा आर्मीको उपाधि जित्ने सम्भावना समाप्त भएको हो ।

१० औं राउण्डको खेल सकिदासम्म आर्मीको १८ अंक मात्र रह्यो । लिग लिडर मनाङले ९ खेलबाट २७ अंक रह्यो । एक खेल कम खेलेको मनाङ आर्मी भन्दा ९ अंकले अघि रहेको छ । अंक तालिकामा आर्मीभन्दा अघि मनाङ, थ्रीस्टार र संकटा क्लब छन् । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्र बाँकी छ । अब उसले तीनवटा खेल खेल्न बाँकी छ ।

एपीएफसँग २–१ गोलअन्तरले पराजित हुने क्रममा आर्मीले खेलको दोस्रो हाफमा दुई गोल खादा एक गोल मात्रै फर्काउन सफल भयो । पहिलो हाफमा बराबरी खेलेको आर्मीले खेलको ५६औं मिनेटमा गोल खान पुगेको थियो ।

एपीएफका आशिष लामाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा आशिषले अर्को गोल गर्दै एपीएफले दोस्रो ग¥यो । त्यसैगरी खेलको ८६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here