प्रधानमन्त्री ओली नेतृत्वको सरकार बरालिएको गगन थापाको दाबी

292

पाल्पा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको जनाएका छन् ।

नेता थापाले स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै बलियो मान्छे चुलबुल हुन्छ मेसो पाउदैन त्यस्तै ईतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार पनि मेसो नपाएर बरालिएको जनाएका हुन् ।

‘बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु जनहित अनुसार पूरा हुनुपर्छ’ थापाले भने,–कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।

देशभर जघन्य अपराध बढेको जनाउदै उनले सरकारका बारेमा अन्यले गरेका टिका टिप्पणी सुन्न नसक्ने अधिनायकवाद वर्तमान ओली सरकार नै भएको उनको भनाई थियो ।

नेता थापाले भने, ‘सरकार बलियो भएका बेला जस्तो सुकै पनि कार्यहरु गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन, ईतिहासकै बलियो मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो, यो सरकार असंवेदनशील छ । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यहरुमा कुनै पनि अवरोध गरेको छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here