काठमाडौं / चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा राजस्व संकलन ३२ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको मंसिरसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
मन्त्रालयका अनुसार भन्सार महशुल ६६ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको यही अवधिमा भन्सार महसुशल ५१ अर्ब ९ करोड रुपैयाँ संकलन भएको थियो।
यसैगरी मूल्यअभिवृद्धि कर ९८ अर्ब २४ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको पाँच महिनाको तुलनामा यो वर्ष मूल्य अभिवृद्धि कर संकलन ३१ प्रतिशतले बढेको छ। गत वर्षको मंसिरसम्ममा ७५ अर्ब १३ करोड रुपैयाँ मूल्य अभिवृद्धिकर संकलन भएको थियो।
यस्तै आयकर ४२ अर्ब ८६ करोड रुपैया संकलन भएको छ। गत वर्षको पाँच महिनामा आयकर ३१ अर्ब १८ करोड रुपैयाँ संकलन भएको थियो। यो अवधिमा गैरकर २७ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष गैरकर २७ अर्ब ७२ करोड संकलन भएको थियो।बिजमाण्डु


















