तपाई पनि बनाउने हो कि बोत्तलको घर ? बोत्तलको प्रयोग गरेर घर बनाउदै

436

तीन वर्ष मलेसिया बसेर घर फर्किएका दमक–२ का तिगेनहाङ लिम्बुले दमकमा अनौठो प्रकारको घर बनाएका छन् ।

दमक आम्दा अस्पताल छेउमा बनाईदै गरेको सो घरको भित्तामा बोत्तल प्रयोग गरिएको छ । भित्तामा तथा पिल्लरमा वाइन, बियर तथा स्प्राईटको बोत्तल प्रयोग गरेर आकर्षक डिजाईनका साथ घर बनाइएको छ । घर हेर्नका लागि भनेर विभिन्न ठाँउबाट हेर्न आउनेहरुको भिड बढेको छ । सबैले घरका विषयमा विशेष चासो दिने गरेको लिम्बुले जनाए ।

बोत्तलको प्रयोग गरेर आकर्षक घर बनाइरहेका उनले बोटल हाउस रेष्टुरेन्ट एण्ड बार संचालनका लागि सो घर निर्माण गरेको जनाएका छन् । १ कट्ठा जग्गामा निर्माणाधिन सो बोत्तल हाउस सम्पन्न गर्दा १ करोड जति खर्च लाग्ने उनले जनाए ।

बोत्तलको प्रयोग गरिए पनि घर भने भुकम्प प्रतिरोधी रहेको लिम्बु जनाउँछन् । आठ ईन्चे वाल भएको घरमा बोत्तलको पिधको भाग चार ईन्च एका तिरको भागमा र अर्को तिर चार ईन्च प्रयोग गरिएको छ ।

दुवै काटिएका बोत्तललाई धोई पखाली गरेर डगटेपले टाँसेर बनाइएको जनाउँदै बोत्तलको पिधको भाग अत्यन्तै बलियो हुनाले भित्तामा प्रयोग गरिएको लिम्बुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here