कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थपिए

124

काठमाडौं /नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थपिएका छन् ।
संसदीय दलको संशोधित तथा परिमार्जित विधानअनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चारजना सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

विधानको धारा १० को उपधारा २(ग) बमोजित सभापति देउवाले मोरङकी डा. डिला संग्रौला पन्त, ललितपुरका उमेश श्रेष्ठ, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङकी पार्वता डि।सी। चौधरीलाई सदस्यमा मनोनित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here