फुलह्यामलाई आर्सनलले हरायो

200

एजेन्सी/इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्यामलाई सहज रुप जित दर्ता गर्न सफल भएको छ ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितका लागि ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । फुलह्यामका लागि अबुबाकर कामराले गोल फर्काएका थिए ।

जाकाले खेलको २५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले मात्रै अघि रहेको आर्सनलले दोस्रो हाफमा तीन गोल गर्दा एक गोल खान खाएको थियो । त्यसैगरी खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा फुलह्यामका कामराले गोल गरेर खेल २–१ को स्थितिमा पु¥याएको भएतापनि १० मिनेट पछि अर्थात खेलको ७९ औं मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई ४–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ४–१ गोलको स्थितिमा टुंगिएको हो । यस जितपछि आर्सनलले २१ खेलबाट ४१ अंक बटुल्न सफल भयो । आर्सनल लिगको पाँचौं स्थानमा छ । पराजित फुलह्यामको भने २१ खेलबाट १४ अंक रहेको छ ।

त्यसैगरी अर्को खेलमा लेष्टर सिटीले एभर्टनलाई १–० गोलअन्तरले पराजित भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here