भक्तपुर/भक्तपुरको सूर्यबिनायक नगरपालिका—७ घ्याम्फेडाँडामा ड्रोन क्यामेर उडाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको धनगढी नगरपालिका—२ घर भइ काठमाडौं कोटेश्वरमा बस्ने २४ वर्षीय सन्देश लुईलेललाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । ड्रोनसहित पक्राउ परेका सन्देशलाई थप अनुसन्धानका लागि नागरिक उड्डयन प्राधिकरण पठाइएको प्रहरीले जानकारी दिएको छ ।

















