पहिलो पटक बक्सअफिसमा अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी आरएल शाह आमने-सामने हुने भएका छन् । अर्को वर्षको भदौ १३ मा अनमोलको नयाँ फिल्म ‘ब्याचलर बन्टी’ सँग साम्राज्ञीको ‘मारुनी’ आउने निश्चित भएको छ ।
मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘ब्याचलर बन्टी’ को बुधबारमात्र प्रदर्शन मिति घोषणा गरिएको हो । बुधबार नै एफडी कम्पनी र निर्मात्री पुनम गौतमबीच भदौ १३ मा ‘मारुनी’ ल्याउने लिखित सम्झौता भएको छ ।‘मारुनी’ मा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्पल खड्काको लिड रोल रहने छ ।
नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारुनी’को छायांकन माघ दोस्रो साताबाट सुरु हुँदैछ भने ‘ब्याचलर बन्टी’ को बैशाखबाट सुरु हुने जनाइएको छ । अनमोलसँग नव-नायिका उकुसा गिरीले रोमान्स गर्दैछिन् ।
रोचक कुरा के छ भने फिल्म ुड्रिम्सु बाट अभिनेत्री साम्राज्ञीले नेपाली फिल्ममा पाइला राखेकी थिइन्, जसमा अनमोल हिरो थिए । दुईको महायुद्धमा कसको पल्ला भारी हुने हो रु धेरैका लागि चासोको विषय बनेको छ ।














