चिसो बढ्दै काठमाडौंमा, बिहानैबाट वर्षा !

211

काठमाडौं / काठमाडौं उपत्यकामा आज सोमबार बिहानैबाट मौसममा बदली भएसंगै केही स्थानमा वर्षा भएको छ  ।

 उपत्यकाको आज विहान ६ बजेको न्यूनतम तापक्रम ६.८५ डिग्री सेल्सियस रहेको छ । हिजो आइतबार बिहान ६ बजेको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको थियो ।

विभागकी मौसमविद् शान्ती कणेलका अनुसार उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा बिहानैबाट वर्षा हुने र दिनभर नै मौसममा बदली हुनेछ । उनका अनुसार दिपायल, सुर्खेत लगायत आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here