एजेन्सी/भारत र अस्ट्रेलियाबीचको टेस्ट शृङ्खलाको चौँथो टेस्ट वर्षाका कारण बराबरीमा भएको छ । चार टेस्टको शृङ्खला भारतले २–१ ले कब्जा जमाएको थियो ।
७१ वर्षको इतिहासमा भारतले अस्ट्रेलियामा टेस्ट शृङ्खला जितेको यो पहिलो चोटी हो । अस्ट्रेलियाको भूमिमा टेस्ट शृङ्खला जित्ने भारत विश्वको पाँचौ र एशियाको पहिलो देश हो ।
यस जीतपछि भारतीय कप्तान विराट कोहलीले अस्ट्रेलियामा पहिलो पटक टेस्ट शृङ्खला जित्नु आफूलाई विश्वकप ट्रफी जित्नुभन्दा ठूलो भएको बताउनु भयो । टेस्ट शृङ्खला जीतको खुसियाली मनाउन कोहली पत्नी तथा बलिउड नायिका अनुष्का शर्मा पनि सिड्नी पुगेकी थिइन् ।


















