अनमोलले पहिलो पटक साइन गरेको फिल्म छाडे

269

अभिनेता अनमोल केसीले पहिलो पटक साइन गरेको फिल्म छाडे । करीब ४ महिना अगाडि उनले ४५ लाख पारिश्रमिकमा १० लाख साइनिङ एमाउन्ट बुझेर मिलन चाम्सको प्रोजेक्ट ‘ब्याचलर बन्टी’ साइन गरेका थिए । उनले आइतबार सहमतीबाटै उक्त फिल्म छाडे ।

अनमोलले फिल्म छाडेको औपचारिक जानकारी दिएपनि निर्देशक चाम्स र निर्माता खड्का यस विषयमा मौन छन् । खबरअनुसार, केही दिनमा निर्माण टिमले पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने तयारीमा रहेको छ ।

‘ब्याचलर बन्टी’ बाट हात झिके लगत्तै  मंगलवार साँझ ‘ए मेरो हजुर ३’ को एक गीत खिच्न उनी दुई हप्ताका लागि अमेरिका उड्न लागेका अभिनेता अनमोलले उड्नुभन्दा अगाडि सञ्चारकर्मीसँग त्रिभुवन विमानस्थलमा कुराकानी गर्दै ‘ब्याचलर बन्टी’ छाड्नुको कारण रोल चित्त नबुझेको जनाए ।

उनी उक्त फिल्मको स्क्रिप्ट र हिरोइन चित्त नबुझेर छाडेको कुरामा भने सत्यता नभएको जनाउँदै उक्त रोल प्रदीप खड्का, पल शाह र सलिनमान बनियाँले गर्दा सुहाउने जनाए ।अमेरिका उड्दै गर्दा उनले ‘ए मेरो हजुर ३’ मा आफ्नो अपोजिटमा रहेकी सुहाना थापाको पनि तारिफ गर्न छाडेनन् । उनी सुहानालाई मेहनती भन्न रुचाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here