रासस र एएनआईबीच समाचार सेवा विस्तार गरिने

119

काठमाडौँ/राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ तथा भारत नयाँ दिल्लीस्थित एशियन न्यूज इन्टरनेशनल (एएनआई) का कार्यकारी उत्पादक रवि खण्डेलवालबीच आज दुई संस्थाका समाचार आदानप्रदान तथा उपयोगमा थप विस्तार गर्ने विषयमा छलफल भएको छ ।

रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा एएनआईका कार्यकारी उत्पादक खण्डेलवालले आफ्नो संस्थाले समाचार सेवा छिट्टै इण्टरनेटमा आफ्नै सफ्टवेयरमा उपलब्ध गराउने र यसबाट बढी प्रयोगकर्तामैत्री हुने जानकारी दिनुभयो । रासस अध्यक्ष श्यामलले रासस छिट्टै आफ्नो नयाँ भवनमा सर्ने र त्यहाँबाट आफ्नो सेवा थप विस्तार गर्न बढी सरल हुने जानकारी दिनुभयो । गत वर्षदेखि नै राससले एएनआईका समाचारसमेत आफ्नो अन्तर्राष्ट्रिय सेवामा थप गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here