‘नियात्रा’ चितवनदेखी काठमाण्डौ !

378

-महेन्द्रप्रसाद पोखरेल

सरल तरिकाले भन्नु पर्दा चितवन र काठमाडौंको दुरी धेरै टाढा होइन । तर शुक्रबारको बिहानै देखी हामी भने तरखरमा लाग्यौं । कुनै एक चलचित्रका लागी शिर्षक गीतको छायांकन हुने र त्यस्को समाचार बनाउने भनेर हामीले यात्रा तय गरेका थियौं । हामी करिब १ बजे ललितपुरको सातदोबाटोबाट माईक्रोमा बस्यौं । हाम्रो सोच थियो केही ढिला नै भए पनि ५/६ बजे हामी चितवन पुगिने छ । तर हाम्रो सोच ठ्याक्कै मिलेन । त्यही माईक्रोमा टेक्निसियनका साथिहरु कपडा तथा अन्य सामानहरु र अभिनेता ,अभिनेत्री सबै एकै माईक्रोमा जाने रहेछन । हामी सबै सामान राखेर कलंकी पुग्दा साँझको ६ बजिसकेको थियो । यात्रा अब भने कष्ठकर लाग्दै थियो हाम्रो भोक र थकानले कतै पनि विश्राम पाएको थिएन ।

टेक्निसिएन मध्यका काका पात्रले भोक तथा थकान मज्जैले मेटाईदिए । पटक पटक उन्को चुप लागेर बसेस तथा लुडो खेल्न गरिएको अनुरोधका शैलीले हामीमा यति हांसो पैदा गराएको थियो कि हांसो अब रोकिनु भन्दा पनि हांसोले हामीलाई थकानको सिमा नगाउंदै थियो भोकले अब चांही निराश नै बनाएको थियो । मुग्लिङ्गमा रोकिएर हामीले चाउचाउ र अण्डा खायौं। मुग्लिङ्ग राजमार्गको दोबाटो पृथ्बी राजमार्गमा पर्ने यस ठांउ कुनै बेला सबैभन्दा बडि ब्यस्त रहने बजारमा पथ्र्यो तर अहिले खाषै चहल पहल छैन तैपनि बजार १२ घण्टा जागेर बसेको छ । माछाका माला बनेर उनिएका छन लाग्छ माछाहरु धर्तिमा उनिनकै लागी जन्मिएका हुन । बजारको मुल्य छोईसक्नुको छैन । चाउचाउको तातो झोल संगै बांकी यात्रा तय गर्नु थियो।जलबिरेमा पुगे पछि क्यामरा पर्सन ले जलबिरेको किंबदन्ती सुनाएर हामीमा डर पैदा गराए ।

अलिकति मोडिएको जलबिरेको त्यो घुम्ती बाटो रातमा सिधा देखिने र दुर्घना हुने उन्को भनाई थियो ।हाम्रा बिचमा रहेका काका पात्रले फेरी अरु स्थानहरुका पनि चर्चा गरे मन ढक्क फुल्यो भगवान सम्झेर सिटमा थेच्चिनु भन्दा अरु कुनै उपाय हामी संग थिएन । दिनको १२ बजेबाट सुरु भएको हाम्रो यात्रा चितवन पार्बतीपुर रातको १० बजे पुगेर रोकियो ।भोलीको छायांकन पनि छ।चलचित्र निर्माता म्याक्टेन कालु एक जिबन्त कलाकार उन्ले राम्रै स्वागत गरे बस्ने ब्यावस्था भयो खाना खाएर हामी सुत्यौं।

रातको चकमन्न कटेज बाहिर बत्ति बलिरहेका थिए।मलाई त्यो ठांउ राम्ररी हेर्न समय नै भएन भोलिपल्ट ६ बजे नै ढोका नक गर्न काका नै आईपुगे।बिहानको नित्य कर्म पछि कालो चियाको चुस्की संगै चारैतिर निहालें तर केही देखिदैनथ्यो । दुधको छाता ओडेर पार्बतीपुर सेतै थियो । ढुम्म परेको हुस्सु संगै मुखबाट सेतो हावा निस्कंदै थियो।हामी सबै तयार भयौ ,छायाँकन स्थल तर्फ जान।

अभि शर्मा जुन यसै चलचित्रबाट आफ्नो ठुलो पर्दामा उपस्थीती जनाउंदै थिए।विर्जन मिजार निक्कै रसिला र जोसिला पात्र यसै चलचित्रका अर्का पात्र ।लक्ष्मी शाही अभिनेत्री तथा प्रमिला बिसी अनि म्याक्टेन कालु चलचित्र निर्माता अनि हाम्रो टिम आषिश नियात्रा अनलाईन टिभी ,जलजला अनलाईन टिभीकी प्रर्खर युवा वक्ता तथा कार्यक्रम संचालिका समिक्षा रसाईली सबै एकदमै मिलनसार अनि उर्जावान व्यक्तित्व ।

म सबै भन्दा जेठो होला शायद तथापि मैले उनिहरुबाट धेरै सिक्न पर्ने देखिएका पात्रहरु।  सबै संंग सौहार्द घुलमिल भईयो।
अब पालो थियो छायाँकन स्थल मनोहरी तर्फको यात्रा ।करिब १ घण्टाको यात्रा पछि हामी त्यहाँ पुग्यौ ।खोला माथिको पुलमा छायांकन गर्नुपर्ने उक्त गीतको सुटिङ्ग । हामी पुल संगै रहेको मन्दिरमा बस्यौं।

सबै आ आफ्नै तरिकाले वयस्त थिए । कोही मोबाईलमा सेल्फी त कोही गफिदै थिए।म जहां मान्छेहरु जम्मा भएका हुन्थे त्यतै पुग्थें।मलाई आफु कागको हुलमा बकुल्ला महसुश गर्दै थिएं ।अक्सर म सबै ठांउमा त्यस्तै हुन्छु पनि मलाई फरक परेन।

दिनभरको कसरत संगै एक दुई टेक भयो हामीले गर्नु पर्ने अन्तर्बार्ता गरेर हामी अब काठमाण्डौ फर्कन हतारियौं।उक्त ठांउबाट काठमाण्डौ आउने बस नपाएपछि फेरी पनि हामीले मुग्लिङ्ग सम्मै यात्रा तय गर्यौें समिक्षाले भन्दै हुनुहुन्थ्यो पुग्ने भोलि नै हो। तर मलाई विस्वास थियो ५ बजे त्यहांबाट निस्केका हामी केही नभए पनि १० /११ बजे त काठमाण्डौ पुग्छौं मैले त्यही कुरा साथिहरु संग गरें र हामी आयौं पनि तर मुग्लिङ्ग आई पुग्दा रातको ९ बज्यो । केही खाने निर्णय गर्यौं अब बस बदल्ने सोचले बस तथा ट्रकहरु रोक्ने गर्न थाल्यौं अन्त केही रोकिएनन धुलाम्य पार्दै हामिलाई बसहरु दौडिरहे हामी मुग्लिङको बजार सडक छेउ उभिरह्यौं मेरो फोन बन्द भईसकेको थियो चार्ज सकिएर भने अन्य साथिहरुको पनि २०५ को तल थियो चार्जको अनुपात।

११ बजे तिर पोखराबाट आएको बसले हामीलाई स्थान दियो हामी बस्यौं, अन्तिम सिटमा ३ सिट रहेछ । केही बेरमा फेरी त्यो बस खाना खान रोकियो हामी लामो सुस्केरा गर्न थाल्यौं ।बत्तिसवटा दांत भएकी समिक्षाको कुरा पुरा हुने भयो।यात्रामा समिक्षाले सुदुर पश्चिमको छाउपडी प्रथा र त्यहांको जर्जर अवस्थाका बारेमा सुनाईन ।यो युग प्रबिधी र आधुनीकता तर्फ आंखा चिम्लिएर बेग हानी रहंदा ति कथाहरुले मेरो मनमा तरंग पैदा गरिदियो।

बस फेरी चल्न सुरु त गर्यो तरर गल्छी काट्नै मानेन र ४ घण्टा त्यहीं बसेर बिहान काठमाण्डौ पुग्ने कुरा बसमा सहचालक बाट थाह भयो अब भने मलाई बत्तिस दांतो भबिश्यवाणीले सत्यताको आभाष गरायो । फेरी पनि हाम्रो पहुंचमा केही थिएन अन्य यात्री सरह हामी पनि बाध्य थियौ । बिहान काठमाण्डौ आईपुग्यौं र आ आफ्नो गन्तब्यतर्फ लाग्यौं फेरी पनि सम्झनामा ति सम्पुर्ण स्थलहरु र मनोहरीको खोला मन्दिर र अभि शर्मा लगाएतका टिम ताजै थिए । काठमाण्डौले घुम्टो खोल्दै गर्दा चितवन आँखा चिम्लीरहेको थियो । हामी फेरी आफ्नै दैनिकीमा फर्कीयौं अभि शर्माले कतिबेला पुग्नु भयो भन्ने प्रश्न संगै यो नियात्राले बिट मार्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here