काठमाडौं / विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा प्रहरीले आज एक पत्रकारलाई पक्राउ गरेको छ।
प्रहरीले सन्चारमाध्यम मार्फत गलत समाचार सम्प्रेषण गरेर दर्शनाको चरित्र हत्या गरेको आरोपमा मुक्ति खबर डटकमका पत्रकार श्याम रोकालाई पक्राउ गरेको छ ।
रञ्जु दर्शनाको उजुरीका आधारमा पत्रकार रोकालाई मंगलबार काठमाडाैंकाे बूढानिलकण्ठबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
पत्रकारले अनलाइनमा ‘रवीन्द्र मिश्रले कार्यालयमै बलात्कार गर्न खोजे : रञ्जु दर्शाना’ शीर्षकको समाचार संम्प्रेषण गरिएको थियो । प्रहरीले तथ्यहीन समाचार सम्प्रेषण नगर्न अनलाइन संचालकहरुलाई आग्रह समेत गरेको छ ।
प्रहरीले पक्राउ परेका पत्रकार रोकालाई बिद्युतीय अपराध तथा कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।