ससफोमा समाहित हुँदै कम्युनिष्ट पार्टीहरू

100

काठमाडौं/संघीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी कम्युनिष्ट केन्द्र) बीच एकता हुँदैछ ।
एकताको घोषणा यहि आउँदो माघ ७ गते काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा हुने भएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ । नेकपा माओवादी कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाल हुन् । तत्कालिन प्रचण्ड नेतृत्वको नेकपा माओवादी सशस्त्र संघर्ष छोडेर शान्ति प्रक्रियामा आएपछि असन्तुष्टि जनाउँदै केशव दाहाल, विष्णु पौडेललगायत माओवादी नेताहरु पार्टीबाट अलग्गिएका थियो ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको नयाँ परिस्थितिमा पुराना युद्धकालिन विचारहरुलाई पुनर्मूल्यांकन गरेर अबको बाटो संघीयता र समाजवाद नै हो भन्ने निष्कर्ष निकालेपछि नै दुई पार्टीबिच एकता हुन लागेको छ । पदीय जिम्मेवारीबारे सार्वजनिकसँग उनले भने, ‘मुख्य कुरा सैद्धान्तिक वैचारिक हो, विचार मिलिसकेको छ, पदको कुरा पनि मिलिहाल्छ ।’

केही समयअघि हाम्रो कम्युनिष्ट पार्टी पनि ससफोमै समाहित भएको थियो । ससफो केन्द्रीय समितिको बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुसँग एकता गर्ने निर्णय गरेको थियो । जसका लागि सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा एकता वार्ता समिति गठन गरिएको थियो । श्रेष्ठले अन्य दलहरुसँग पनि एकताका लागि वार्ता र छलफल चलिरहेको खुलासा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here