बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बसेकी छिन् ।
नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले अञ्जली विकलाई मर्नु न बाँच्नु बनाएको छ ।
अनौठाे रोगले नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको बताउने विकले केहि रोग नदेखिएको तर नाक,कान,आँखा र मुख बाट छुरो रगत बग्ने जनाएकी छिन् । रगत बग्ने समयमा निकै पिडा समेत हुने गरको उनले जनाइन् ।
उनका दुई बच्चा छन भने श्रीमान सुन पसलमा सामान्य नोकरी गर्दछन । नेपालको कुनै पनि अस्पतालमा उपचार सम्भव नभए पछि भारत जाने तयारीमा रहेकी अञ्जलीलाई आर्थीक समस्या परेको छ । साथै उनले आर्थीक रुपमा सहयोग गर्न समेत सबै माझ अपिल गरेकी छन ।
विगत वर्षदेखि मुखबाट रगत बगिरहेको उनलाई केहि महिना यताबाट मुख,नाक,कान र आँखाबाट समेत रगत बग्न थालेको छ । यो सँगै उनी थप समस्यामा परेकी छन । उनी भन्छीन डक्डरलाई देखाउदा केहि छैन रोग त्यस्तो भन्छन तर आफुलाई यति ठुलो समस्या छ ।उनलाई सहयोग नर्ग चाहनेहरुले उनको सम्पर्क नम्बर 9821302306 अञ्जली विकलाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ ।ktm dainik


















