अदालतलाई प्रभावकारी र भरपर्दो बनाउने प्रधानन्यायाधीशको प्रतिबद्धता

120

काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही जनाएका छन् ।

पदभार ग्रहण गरेकै दिनदेखि आफ्नो रवाफ देखाइरहेका राणाले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलना अन्तर्गत कडा कारवाही गर्ने तयारी भइरहेको जनाएका छन् ।

‘विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च–बेञ्चैमा घुसेको छ, यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौं,’ प्रधानन्यायाधीश राणाले भने, ‘घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौं ।’

प्रधानन्यायाधीश राणाले अदालतलाई प्रभावकारी र भरपर्दो बनाउने राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषदमा ल्याएको उल्लेख गर्दै सुक्ष्म निगरानी अध्ययन समहूले ल्याएको प्रतिवेदनमा कमीकमजोरी देखिएको हुँदा थप अध्ययनका लागि परिषद्का कामकाजमा ल्याएको स्पष्ट पारे ।

नेपाल बार एशोसिएशनले पनि वरिष्ठ न्यायाधीश दीपकराज जोशीको विषयमा चासो देखाएको विषयमा उनले अदालत र बारको सरोकार एउटै भएको र दुवैको अन्तिम गन्तव्य न्यायका लागि भएको स्पष्ट पारे ।

कम्युनिस्ट सांसदको बहुमत रहेको संसदीय सुनुवाइ समितिबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएका थिए भने राणा अनुमोदन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here