चट्याङ लागेर मृत्यु

378

डडेल्धुरा /  डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार मंगलबार बिहान १० बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको  हो ।

यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन्। दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मानबहादुर विष्ट र गोमति विष्ट रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here