नि: शुल्क पशु स्वास्थ्य शिविर हुने

461

विमल योगी
दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो ।

भोलि बुधबार बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म वडा कार्यालय प्राङग्णमा जारी रहने शिविरमा पशु पन्छिको उपचार सेवा,गर्भ परिक्षण,बाँझोपन निरिक्षण,पशु बन्ध्याकरण,खोप सेवा,पशुपालन परामर्श सेवा दिईने जनाइएको छ ।

सो शिविरमा सहभागी हुन वडा कार्यालयले सवै टोल विकास संस्थामार्फत पशुपालक किसानहरुमा अनुरोध गरेको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा आज मंगलवार वसेको बैठकले नि:शुल्क पशु स्वास्थ्यतथा बाँझोपन शिविर सफल बनाउन सक्रिय भएर लाग्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here