हिउँले ढपक्कै चन्द्रागिरी ( फोटो फिचर)

166

काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ ।  पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखीनै हिमपात भएको हो

हिमपातका कारण चिसो बढेको छ ।दिउँसो पनि मौसममा सुधार हुने छैन् । देशभर सामान्य देखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ ।

त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ।आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ ।

हिउले पुरियो चन्द्रागिरी(तस्विरसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here